‘प्रेम गीत ३’ टिजर कस्तो लाग्यो ? (भिडियो)

२० फागुन,काठमाडौँ

बर्ष’कै सबै भन्दा धेरै प्रतिक्षित फिल्म ‘प्रेम गीत ३’को टिजर सार्वजनिक भएको छ । टिजरमा शिव श्रेष्ठ, प्रदिप खड्का र नव- नायक मनिष खड्का देखिएका छन् । टिजरमा प्रदिप र मनिषको एक्सन अवतार देख्न सकिन्छ । ओएसआर डिजिटलको युट्युव च्यानल बाट सार्वजनिक भएको टिजर निकै आकर्षक बनेको छ ।

नेपाली फिल्म जगतमा यस प्रकारको एक्सन फिल्म सम्भवत पहिलो पल्ट बनेको हो । यस अघि रिलिज भएको दुइ गीतले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । टिजर रिलिज पश्चात फिल्म अझ प्रतिक्षित हुने अनुमान सजिलै लाउन सकिन्छ । १०० बर्ष अगाडीको कथामा निर्माण भएको फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । आसुसेन फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा शिव, प्रदीप र मनिष संगै क्रिस्टिना गुरुङ, सन्तोष सेन, सुनिल थापा, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, योगिशा खत्री, समृद्धि शाही, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, हिमाल केसीको एक्सन र कविराज गहतराजको कोरियोग्राफी, रेनिस फागोको कलर रहेको छ । फिल्म निकै प्रतिक्षित बनिरहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *