बसन्त थापाको मौलिक गीत स्यानी माया सार्वजनिक (भिडियोसहित)

काठमाडौं– गायक तथा संगीतकार बसन्त थापाको मौलिक तीज गीत स्यानी माया सार्वजनिक भएको छ। थापाकै युट्युब च्यालनमा सार्वजनिक गीत निकै मौलिक र अर्गानिक छ।

सर्जक थापाले विगतमा जस्तै यसपाली पनि अर्गानिक र मौलिक लोकभाकालाई पस्कने क्रमको निरन्तरता स्वरुप स्यानी माया लिएर आएको बताएका छन्।

गीतमा चन्द्रा सुवेदी र थापाको शब्द तथा सुवेदीको संगीत रहेको छ।

गीतमा थापासँगै उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको आवाज छ। भिडियोमा दुर्गेश थापा, बसन्त थापा, ओबी रायमाझी, दिपाशा बिसी, बिना विश्वकर्मा र युनिसा खत्रीको अभिनय छ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *