शेयर कारोबारमा नयाँ नियम लागू, जानिराख्नुस् यी कुरा

काठमाडौं- आर्थिक वर्ष२०७८\७९को व्यवस्था अनुसार साउन १ गते देखि धितोपत्रको कारोबारमा दुई किसिमको पुँजीगत लाभकर लागु भएको छ।

अब एक वर्षभन्दा कम अवधिको सेयर बिक्री गर्दा लाभ रकममा ७.५ प्रतिशत र एक वर्ष भन्दा बढी अवधिको सेयर बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर गणना हुने भएको हो।

अव देखि धितोपत्रको लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा मौज्दात रहेको समयावधि समेत गणना गरी विक्री गरेको धितोपत्र मध्ये ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्र र सो भन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्या समेत खुलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ। सम्पूर्ण लगानीकर्ताहरूलाई सोही अनुसार गर्न सिडिएससीले आग्रह गरेको छ।

नयाँ व्यवस्था कार्यान्वयन थर्न सिडिएससीले मेरो सेयर प्रणालीमा धितोपत्रको स्वामित्वको अवधि गणना गर्ने सुविधा थप गरी सञ्चालनमा ल्याएको छ। मेरो सेयरको मोवाईल एप प्रयोग गर्ने लगानीकर्ताले प्लेस्टोर मार्फत मेरो सेयर एप अपडेट गरि उक्त सेवा प्रयोग गर्न सक्ने बताइएको छ।

Recommended For You

Leave a Reply

Your email address will not be published.