हाँस्य कलाकार चम्सुरीका दुवै मिर्गौला फेल, आर्थिक समस्या

काठमाडौं- कुनै समय निकै चर्चित बनेको हाँस्य श्रृङखला मेरी बास्सैमा चम्सुरीको भुमिका निर्वाह गरेकी पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ ।
पाँच बर्षदेखि मिर्गौलाको उचार गराइरहेको भएपनि उनले कसैलाई यसबारे थाहा भने दिएकी थिइनन् ।
एक महिनादेखि भने डायलासिसको क्रममा समस्या आएपछि उनी अस्पतालमै उपचार गराइरहेकी छन् । किड्नी डायलसिसको क्रममा रगत नआएपछि उनि आत्तिएको र स्वास्थ्यमा समस्या आएको खबर बाहिरिएको हो ।
किड्नी ट्रान्सप्लान्ट गर्न आर्थिक समस्याले नदिएको पनि बताइएको छ । यसका लागि ५० लाख भन्दा धेरै रकम लाग्नेछ । यसका लागि रकम नपुगेर उनको किड्नी ट्रान्सप्लान्ट भएको थिएन ।
उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.