काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको डरलाग्दो तथ्यांक, यस्तो भन्यो स्वास्थ्य मन्त्रालयले

काठमाडौं- काठमाडौं उपत्यकामा काेराेनाका सक्रिय संक्रमितकाे संख्या ७ हजार नाघेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल उपत्यकामा ७ हजार ३९९ सक्रिय संक्रमित छन्।

जसमध्ये काठमाडौंमा ५ हजार ५४० सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ। यस्तै, भक्तपुरमा ९०८ र ललितपुरमा ९५१ जना सक्रिय संक्रमित छन्।

 मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४२८ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि भएको हो।

Recommended For You

Leave a Reply

Your email address will not be published.