एकैदिन २ हजार १६४ जनाले जिते कोरोना, २१ जनाको मृत्यु

काठमाडाैं- गत २४ घण्टाभित्र नेपालमा थप दुई हजार १६४ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख ३० हजार ४०७ पुगेको छ।

यस्तै सोही अवधिमा नेपालमा थप एक हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कूल १० हजार ६६ जनाको नमूना परीक्षण गर्दा एक हजार ८७५ जनामा कोरोना पोजिटिभ देखिएको हो।

जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ३१० र एन्टिजेन विधिबाट ५६५ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल छ हजार ८५८ पीसीआर र तीन हजार २०८ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख १४ हजार २४८ पुगेको छ।

यसैगरी, गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नाै हजार ५२७ पुगेको छ।

Recommended For You

Leave a Reply

Your email address will not be published.