अल्लु अर्जुनकी छोरीले फिल्ममा डेब्यू गर्दै

अल्लु अर्जुनकी पाँच वर्षीय छोरी अल्लु अरहाले फिल्ममा डेब्यू गर्ने भएकी छन्।

अभिनेत्री सामन्था अक्किनेनी र अल्लु अर्जुनको मुख्य भूमिका रहेको फिल्म शकुन्तलामा अल्लु अरहाले डेब्यू गर्ने भएकी हुन्। उनी फिल्ममा पनि अल्लु अर्जुनको छोरीको भूमिका निभाउँदै छिन्।

अल्लु अरहाले म्युजिक भिडियोमा भने अभिनय गरिसकेकी छन्। फिल्ममा डेब्यू हुन लागेको उनले आफैंले सामाजिक सञ्जालमा लेखेर जानकारी दिएकी हुन्।

अल्लु अरहाका पिता रहेका अल्लु अर्जुनले भने दुई वर्षको उमेरमै फिल्ममा डेब्यू भएका थिए।

अल्लु अर्जुनको परिवारको तीन पिँढी पहिलादेखि नै साउथ फिल्ममा आबद्ध छ। उनका हजुरबुबा, बुबा र अल्लु अर्जुन स्वयं फिल्मसँग जोडिएका छन्। अब यो परिवारको चौथो पिँढीले फिल्ममा पाइला राख्न लागेको हो।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *