गायिका स्वीत्ली गुरुङको आवाजमा ‘चट्ट परेर’ सार्बजनिक ,मोडल दीपक थापा मैथानेको अभिनय (भिडियो)

काठमाडौँ
गायिका स्वीत्ली गुरुङको आवाजमा मोडल दीपक थापा मैथानेको अभिनयमा ‘चट्ट परेर’ युके बाट सार्बजनिक भएको छ । उक्त भिडियोमा मोडल दीपकलाई यूके डान्स अफ़ की बिज़ेता “रजनी गुरुङले साथ् दिनु भएको छ भने सबै टीम युके बासीनै हुनु हुन्छ ।

नेपाली गीत संगीत क्षेत्रमा निकै सानो उमेर देखि लगाब भएकी गायिका स्वीत्ली गुरुङको आवाजमा जदुनै छ भन्नेहरु धेरै छ निकै मिठो आवाज भएकी गायिका स्वीत्ली गुरुङ उक्त गीत ‘चट्ट परेर बाट निकै आशा गरेको छ भने सार्बजनिक भएको छोटो समयमा नेपाली गीत संगीतलाइ माया गर्ने दर्शकहरुले मन पराएको देखिन्छ । आफ्नो देश देखि टाढा बसेर नेपाली कला क्षेत्रलाइ निकै माया गर्ने कलाकार दीपक थापा मैथाने मगरको पनि निकै राम्रो अभिनय देखिन्छ । नेपालमा जन्मनु भए पनि युकेलाई आफ्नो कर्म थलो बनाउदै आउनु भएको मोडल दीपकको पहिलो भिडियो भने पक्कै होइन उहाले यो भन्दा पहिला पनि धेरै भिडियोहरु गरि सक्नु भएको छ । ‘चट्ट परेर’मा पहेलो पटक अथिती कलाकारको भूमिकामा चमेली थापा मैथाने मगर पनि देखिनु भएको छ ।

‘चट्ट परेर’मा शब्द भजन गुरुङको रहेको छ भने संगीत अन्जना गुरुङको रहेको छ । संगीत सयोजक बिपिन आचर्यको रहेको छ भने निर्देशक को पाटो भने प्रभु गुरुङ साथै सुमन श्रेष्ठको रहेको छ । भिडियो सम्पादन नबिन निरौलाको रहेको छ भने समग्रमा हेर्दा ‘चट्ट परेर निकै राम्रो भिडियो भनेको छ । उक्त भिडियोलाई Sweetly Gurung Youtube Chanel ले बजारमा सार्बजनिक गरेका छन् । भिडियो हेर्न तलको लिंक ।

Recommended For You

Leave a Reply

Your email address will not be published.