स्पेनका पेड्री युरोकप २०२० को उत्कृष्ट युवा खेलाडी घोषित

२८ असार, काठमाडौं
स्पेनका पेड्री युरोकप २०२० को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । स्पेनलाई सेमिफाइनलसम्म पुर्‍याउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । १८ वर्षीय पेड्रीले युरोकपअघि सिनियर टिममा जम्मा ४ खेल मात्र खेलेका थिए । तर युरोकपमा भने उनले उत्कृष्ट प्रदर्शन गरे ।

सेमिफाइनलमा इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भए पनि उनले उत्कृष्ट खेल देखाएका थिए । पेड्रीले उक्त खेलमा ६६ मध्ये ६५ पास पूरा गरेका थिए । जसले गर्दा उनको चर्चा चुलिएको थियो ।स्पानिस क्लब बार्सिलोनाबाट खेल्ने पेड्री आन्द्रेज इनेएस्टाभन्दा राम्रो रहेका खेलपछि स्पेनका प्रशिक्षक लुइस एनरिकेले बताएका थिए ।

गत संस्करणबाट प्रदान गर्न थालिएको युवा खेलाडीको अवार्ड यसअघि २०१६ मा पोर्चुगलका रेनाटो सान्चेजले जितेका थिए ।

onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *