सुजिताको ‘शंकास्पद’ मृत्युपछि चितवन तनावग्रस्त, बुधबार साँझसम्म कर्फ्यू लगाइयो

चितवन– सुजिता भण्डारीको ‘शंकास्पद’ मृत्युलाई लिएर विरोध प्रदर्शन बढ्दै गएपछि चितवनका केही क्षेत्रमा आज साँझ साढे ७ बजेसम्म कर्फ्यू जारी गरिएको छ।

भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पार्नुका साथै भीड जम्मा पारी हुलहुज्जत, ढुंगामुढा, सरकारी तथा निजी सम्पत्ति र संरचना तोडफोड गर्न थालेपछि कर्फ्यू जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्रभित्र पर्ने सबै क्षेत्रमा कर्फ्यू जारी गरिएको हो।

चितवनको राप्ती नगरपालिका–३ कि २३ वर्षीया भण्डारी असार ११ गते बिहान घरबाट निस्किएकी थिइन्। त्यसपछि सम्पर्कविहीन भएकी उनको असार २० गते राप्ती नगरपालिकाकै ब्रम्हस्थानी सामुदायिक जंगलमा शव भेटिएको थियो।

Leave a Reply

Your email address will not be published.