आजदेखि मौसम पुनः सक्रिय, काठमाडौंमा साँझ भारी वर्षाको सम्भावना

काठमाडौं– मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ। आजदेखि पुनः मौसम सक्रिय भई देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ।

काठमाडौँ उपत्यकामा अहिले आंशिक रुपमा बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली छ।

प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए। उनले काठमाडौं उपत्यकामा साँझ मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताए।

आजदेखि देशभर पुनः भारी वर्षाको सम्भावना रहेकोले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ। साथै, पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने भएकाले यात्रामा निस्कनुपूर्व समन्वय गर्न समेत महाशाखाले आग्रह गरेको छ।

Recommended For You

Leave a Reply

Your email address will not be published.