आन्तरिक हवाई उडानमा लागू गरिएको कोटा प्रणाली हट्यो

काठमाडौं- कोरोना महामारीका कारण आन्तरिक हवाई उडानमा लागू गरिएको कोटा प्रणाली आजदेखि हटेको छ। सरकारले आजदेखि वायु सेवा कम्पनीहरुले मागेजति उडान भर्न अनुमति दिने निर्णय गरेको छ।

सरकारले असार १७ गतेबाट ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुलाएको थियो। यात्रुको चाप बढेको र संक्रमण पनि घटेको भन्दै एयरलाइन्स कम्पनीहरूले पूर्ण क्षमतामा उडान गर्न माग गरेका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक हवाई सेवामा वायु सेवा कम्पनीको मागअनुसार नै उडान भर्न दिने निर्णय गरिएको हो।

यसअघि कोटा प्रणालीमा दैनिक ६० देखि ६५ वटासम्म उडान भइरहेका थिए। अब दैनिक १०० को हाराहारीमा उडान हुने छन्।

Recommended For You

Leave a Reply

Your email address will not be published.