नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध

१७ असार, चितवन
बिहिबार बिहान देखि नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो बिहान २ः१० बजे खसेको हो । पहिरो गएको क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.