बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु , ३४ जना घाइते

२८ कार्तिक , बैतडी
बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । बैतडीको डिलाशैनी गाउँपालिका-२ गन्‍नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको यात्रुवाहक बस बिहीबार राति साढे १० बजे बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । बस ५ सय मिटर जति तल खसेको थियो । मृतकहरुको सनाखत हुन बाँकी छ भने ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेलधुरा लैजाने क्रममा मृत्यु भएको उनले बताए । उक्त बसमा ४० भन्दा बढि सवार रहेको बताइएको छ ।

दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।

प्रहरी र स्थानीय मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरेका हुन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *