विप्लव समूहको नाममा फोनबाट धम्क्याई लाभ लिन खोज्ने ४ जनालाई प्रहरी पक्राउ

२६ कार्तिक ,काठमाडौं
प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव समूहको) नाममा फोनबाट धम्क्याई आपराधिक लाभ लिन खोज्ने ४ जनालाई प्रहरी पक्राउ गरेको छ।
महाशाखाको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो।

पक्राउ पर्ने नुवाकोट ककनी २ का ३३ वर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछाप, सुनापती ३ का ३१ वर्षीय रामदल श्रेष्ठ (अटल), काभ्रे, तिमाल ५ का ५२ वर्षीय तिर्थमान तामाङ र चितवन, भरतपुर १३ का ४२ वर्षीय नन्दुराज आचार्य रहेको महाशाखाले जनाएको छ।

उनीहरूले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानका व्यवसायीहरुलाई फोन गरी नेकपा, विप्लव समूहको पूर्व जिल्लासेक्रेटरी र कार्यकर्ता हौं भनी ३ करोड चन्दा माग गरेका थिए। साथै उनीहरूले माग गरे बमोजिम चन्दा नदिएमा भौतिक कारवाही गर्ने धम्कीसमेत दिएका थिए।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *