कैलालीको कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु

२२ कात्तिक, काठमाडौं
कैलालीको टिकापुर नगरपालिका-१ की कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा कैलालीको टिकापुर नगरपालिका–१ की ५६ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्यमा समस्या आएपछि कात्तिक २० मा उनी शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिइन् । सोही दिन गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताए ।

संक्रमण पुष्टि भएसँगै अक्सिजन सपोर्ट दिएर उनको उपचार थालिए पनि शुक्रबार दिउँसो २ः४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *