
२२ कात्तिक, काठमाण्डौ
दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान मृत्यु भएको हो ।
कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक २० गते साँझ भेरी अस्पतालमा भर्ना भएकामा शनिबार विहान साढे ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । भेरी अस्पताल आउनुअघि उनको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दाङमा ज्यान गएका कोरोना संक्रमितको संख्या १८ पुगेको छ । onlinekhabar.com