डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

१७ कात्तिक, डोटी
अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको ज्यान गएको छ ।

अन्दाजी ७५ वर्षीया आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।
गोठालो गएकोबेला अपरान्ह ५ बजेतिर अरिङ्गालले टोकेपछि उनलाई उपचारका लागि मौवा नगरदह स्वास्थ्य चौकीमा लगिएको थियो । उपचारपछि घर ल्याइएकी कटिको सोमबार बिहान २ बजेतिर मृत्यु भएको स्थानीय गोबिन्द विकले जानकारी दिएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published.