कैलालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु ,१४ घाइते

१६ कात्तिक, कैलाली
कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्य एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

१६ जना यात्रु बोकेर कैलालीको घोडाघोडीस्थित डोके बजारबाट पण्डौनतर्फ जाँदै गरेको सुप प्र ०१००१ च २६२३ नम्बरको जिप आइतबार महोन्याल गाउँपालिका वडा नम्बर ४ को बास पानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मोहन्याल गाउँपालिका-२ का ६० वर्षीय कविराज भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते घोडाघोडी ८ का ६० वर्षीय खड्क रावललाई थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ । ब्रेक फेल भएर जिप रोडमा करिब २ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

अन्यको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published.