दिपिन शाहनी र लक्ष्मी मल्लको “कालो कौवा करायो” (भिडियो सहित )

२८ माघ ,काठमाण्डौं
सांगीतीक क्षेत्रमा एक पछि अर्काे गीत आउने क्रम जारी छ । आजकल एक अर्का बिच गीत निकाल्ने बुस्ट हान्ने कलाकारहरुको होडबाजी नै चलेको छ । यो चलन पछिल्लो समयको चलन चल्ती नै भन्दा फरक नपर्ला । सोही क्रममा सांगीतीक क्षेत्रमा अर्काे पृथक गीत “कालो कौवा करायो” बजारमा आएको छ ।

यस गीतमा दिपिन शाहनी र लक्ष्मी मल्लको स्वर रहेको छ भने दिपिन शाहनीको शब्द, संगीत रहेको छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा दुर्गेश थापा, सृष्टी खड्का, संगम पाण्डेको अभिनय रहेको छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *