भारतीय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ

१६ कात्तिक, काठमाण्डौ
लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित पक्राउ गरेको छ ।

भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । आलम भारतबाट नेपालतर्फ अवैधरूपमा लुकाइछिपाई ब्राउनसुगर ल्याउँदै गर्दा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.