भारतीय गायिका नेहा कक्कडको विवाह मिति फाइनल

२४ असोज ,काठमाडौ
भारत लगायत सबै दर्शकको मन जितेकी गायिका नेहा कक्कडले गायक रोहनप्रित सिंह सँगको तस्बिर सार्वजनिक गर्दै धेरैलाई चकित तुल्याइदिएकी छन्।

यस भन्दा अघि इन्डियन आइडल प्रतिस्पर्धाको क्रममा आदित्य झासँग उनको नाम जोडेर गस्सिप बनाइए को थियो


भारतीय मिडियाका अनुसार अचेल पन्जाबी गायक रोहनप्रितसँग नै उनको विवाहको खबर आउन थालेको छ ।

रोहनप्रितसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै नेहाले आफ्नो सम्बन्धबारे खुलेर लेखेकी छन् नेहाले इन्स्टाग्राममा एक तस्बिर राख्दै उनले लेखेकी छन्, ‘तिमी मेरो हो’। यस्तो क्याप्सनसहित नेहाले दुईजनाको नामबाट ‘नेहुप्रित’ह्यास्ट्याग समेत गरेकी छन् ।अन्नपसर्ण पोष्टमा खबर छ ।

मिडियामा आएका खबर अनुसार नेहा र रोहनले दिल्लीमा आगामी अक्टोबर २४ मा विवाह गर्नेछन् । नेहा इन्डियन आइडलको जजसँगै बलिउडमा रुचाइएकी लोकप्रिय गायिका हुन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *