
२२ अशोज ,काठमाडौं
रुपन्देहीमा कोरोना संक्रमित उपचाररत एक जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ८० वर्षीय वृद्ध रहेका अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । उनलाई मधुमेह, दम, ज्वरो र उच्च रक्तचापको समस्या रहेको थियो । उनीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।