काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमित ८२ जना आइसीयु र २७ जना भेन्टिलेटरमा

२२ असोज, काठमाडौं
काठमाडौं उपत्यकामा मात्र ८२ जना आइसीयु र २७ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा १८१ वटा आइसीयु वेड रहेकोमा बिहीबारसम्म ८२ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको जानकारी दिए । यस्तै उपत्यकामा ७६ वटा भेन्टिलेटर रहेकोमा २७ जना भेन्टिलेटरमा उपचारत भएको डा गौतमको भनाइ छ ।

डा गौमतले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च भएकाले अत्यवश्यक काम नपरी घर बाहिर ननिस्कन पनि आग्रह गरे । उनले कोभिड अस्पतालहरुलाई पूर्ण तयारी अवस्थामा राखिएको र आकस्मिक उपचारको लागि २४ घण्टा नै सेवा उपलब्ध गराइएको जानकारी दिए ।

डा गौतमलले लक्षण बिहीन तथा सामान्य लक्षण भएका संक्रमितहरुलाई स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा गरी घरमै आइसोलेसनमा बस्न पनि आग्रह गरे ।

उनले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नम्वार ११३३ मा सम्पर्क गर्न पनि आग्रह गरे । उनले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको स्वास्थ्यमा समस्या आएमा तुरुन्तै अस्पतालमा सम्पर्क गर्न पनि आग्रह गरे ।

डा गौतमलले कोरोना संक्रमणबाट जोगिन चाडपर्वको समयमा सम्भव भएसम्म अनलाइन सेवाबाट आवश्यक सामाग्री खरिद गर्न, सामाग्री खरिद गर्न घर बाहिर निस्किनु परेमा अनिवार्य रुपमा मास्कको उचित प्रयोग गर्न, सकेसम्म दैनिक उपभोग्य सामानहरु नजिककैको पसलबाट खरिद गर्न,भिड नभएको समयमा गएर सामान खरिद गर्न, पसलमै गएमा सामाग्री किन्दा भौतिक दुरी कायम गर्न, सामान किन्नु अघि र किनेर घर फर्किएपछि साबुनपानीले हात धुन, सम्भव भएसम्म दैनिक उपभोग्य सामाग्रीहरु एकसताका लागि सम्म पुग्ने गरी खरिद गर्न पनि आग्रह गरे ।

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *