धनुषामा कोरोना संक्रमणबाट एक बालकको मृत्यु

 

१९असोज ,जनकपुरधाम
धनुषामा कोरोना संक्रमणबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार धनुषाको शहीदनगर नगरपालिका ६ का ६ वर्षीय ती बालकको उपचारको क्रममा मृत्यु भएको हो । मृत्युपछि उनको कोरोना पुष्टि भएको थियो ।

निमोनिया भएपछि गएको असोज ६ गते प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएका बालकको उपचारकै क्रममा निधन भएको हो । बालकको निधन भएसँगै परिवारका सदस्यहरुबिच भागाभाग भएको बताइएको छ । प्रशासकीय अधिकृत मिश्रका अनुसार बालकको उपचारको क्रममा गएको १५ गते मृत्यु भएपछि उनका घरपरिवार शव छाडेर भागेपछि नेपाली सेनाले बिराटनगरबाट ल्याएर आइतबार बालककै गाउँ सहिदनगर नगरपालिका ६ स्थ्ति बर्बता पोखरी नजिकमा व्यवस्थापन गरेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढ्दै गएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *