वैदेशिक रोजगार कार्यालय श्रम स्वीकृति दिने काम आजबाट पुनः सुरु हुँदै

१९ असोज, काठमाडौं

कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबार देखि सेवा रोकिएको वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम आजबाट पुनः सुरु हुँदैछ ।

वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ । निषेधाज्ञा पछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको छ ।

कर्मचारी संक्रमित भएपछि यसअघि कार्यालय खुल्ला राखिए पनि सेवा भने बन्द गरिएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *