“प्रेम गीत ३” को पहिलो गीत ‘हात्ती ढुङ्गामा’ रिलिज (भिडियो सहित)

काठमाडौँ

बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘हात्ती ढुंगामा’ बोलको गीतमा सागर आले मगर र मेलिना राइको श्वर छ । हर्क साउदले लेखेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन् ।

गीतमा नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङ फिचर्ड छन् । प्रदीपलाई निकै फरक लूक्समा देख्न सकिन्छ । गीतले पनि दर्शकलाई फिल्म हेर्न हल सम्म तान्ने अनुमान सजिलै लाउन सकिन्छ । किनकि, गीतको अन्त्यमा एउटा ठुलो सस्पेन्स छोडीएको छ । १०० बर्ष अगाडीको कथामा निर्माण भएको फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । आशुसेन फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सन्तोष सेन, शिब श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, योगिशा खत्री, समृद्धि शाही, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=UaeScocRNsQ

फिल्ममा राजेश श्रेष्ठको छायांकन, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, हिमाल केसीको एक्सन र कविराज गहतराजको कोरियोग्राफी, रेनिस फागोको कलर रहेको छ । फिल्म निकै प्रतिक्षित बनिरहेको छ । सम्भवत ‘प्रेम गीत ३ बर्ष’कै सबै भन्दा धेरै प्रतिक्षित फिल्म हो । चैत्र २८ बाट प्रदर्शनमा आउने छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *