पानीमा डुबेर २ वर्षीया बालकको मृत्यु

१४ असोज, काठमाडौं 

महोत्तरीको बर्दिबासमा खाल्डोमा जमेको पानीमा डुबेर २ वर्षीया बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बर्दिबास नगरपालिका-९ पथलैया बजार बस्ने दिनेश महराको २ वर्षीय छोरा आदित्य महराको पानी जमेको खाल्डोमा डुबेर बुधबार बिहान मृत्यु भएको हो ।

खेल्दै जाने क्रममा आफ्नै घर अगाडिको उक्त खाल्डोमा डुबेर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.