बाँकेमा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा मृत्यु

१४ असोज, काठमाडौं
बाँकेमा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा नेपालगन्ज उपमहानगरपालिक—१ की ३५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा सोही दिन कोरोना परीक्षण गर्दा भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा राखेर उपचार थालिएको थियो ।अस्पतालका अनुसार उपचारकै क्रममा बुधबार दिउँसो २ः१५ बजे उनको मृत्यु भएको हो । अस्पतालका अनुसार उनी केही समयदेखि मधुमेह, उच्च रक्तचाप र हाइपोथाइराइडिज्म रोगबाट ग्रसित थिइन् । onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.