काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिए

१२ असोज, काठमाडौं

काठमाडौं उपत्यकामा २४ घण्टा भित्र ८१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसै गरि ललितपुरका १३२ र भक्तपुरका ३६ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । भक्तपुरकी ५१ वषर्ीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.