धनगढीमा कोरोना संक्रमित उपचारको क्रममा एक महिलाको मृत्यु

१२ असोज, कैलाली
धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित उपचारको क्रममा एकजना महिलाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वासमा समस्या आएपछि उनी असोज ७ गते अस्पतालमा भर्ना भएकी थिइन् । दमको रोगी समेत रहेकी उनमा असोज १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.