
१२ असोज, काठमाडौं
असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागले प्रस्ताव गरेको छ ।
यातायात व्यवसायीहरु सँग छलफल गर्दै विभागले असेज २० देखि २५ सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।
विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।
गत वर्षका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोमा यो वर्ष यस्तो संख्या करिब ४ भागले कम हुने अनुमान विभागको छ । विभागले यो वर्ष करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने अनुमान गरेको छ ।