‘पर्खी बसे फर्की आउछु’ मा धमाकेदार इन्ट्री श्री कृष्ण काजी

चलचित्र ‘पर्खि बसे फर्की आउछु’ मा धमाकेदार श्री कृष्ण काजीको इन्ट्री भएको छ। नेपालगंज घर भएका श्री कृष्ण काजीको यो पहिलो चलचित्र हो। यो चलचित्र लाइ लिएर उनि उत्साहित छन्। राज बहादुर सानेको निर्देशनमा बनि रहेको चलचित्रमा
रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको छ चलचित्रमा खेम राज बिक कार्यकारी निर्माता रहेका छन् ।

यम कान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा निर्माण हुन लागेको हो। चलचित्रमा प्रेम परियार,समिक्षा बस्नेत र देव सागरको साथमा रुबिना लामा, पदम तामाङ,सुशील गौतम,सुशील पोखरेल,दिपक थापा,शुभम गौतम,डा.लोकराज पराजुली,हेमराज बिसी लगाएतका कलाकारको मुख्य भूमिका रहनेछ।

एउटी अपांग केटिको टिन एजमा हुने रहर र जीवन संघर्षको कथा चलचित्रले बोल्ने लेखक तथा निर्देशक राज बहादुर सानेले बताए। चलचित्रमा कविराज गहतराज,रामजी लामिछाने,राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ। चलचित्रमा बसन्त सापकोटा,एलिस कार्की,कृष्ण भारद्वाज र कर्साङ्ग लामा,बाबुल गिरिको संगीत रहनेछ । चलचित्रलाई अरुण सुनारले छायांकन गर्नेछन् । चलचित्रमा सानु कुमार महर्जनको द्वन्द रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *