अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा धेरै पुग्यो

२४ साउन, काठमाडौं

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा धेरै पुगेको छ । यसैगरी कोरोना संक्रमितको संख्या ४९ लाखभन्दा धेरै छ ।

नयाँ तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ । यस्तै मृतकको संख्या १ लाख ६१ हजार ३ सय २८ छ ।
अमेरिकाको आहायो राज्यका गभर्नरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना महामारीका कारण अमेरिकी अर्थव्यवस्थामा पनि नराम्रो असर परेको छ । अमेरिकामा जुलाई महिनामा केबल १८ लाख नयाँ रोजगारी सिर्जना भएको छ । जबकी जुन महिनामा ४८ लाख जनाले नयाँ रोजगारी पाएका थिए ।

यसको अर्थ अमेरिकामा एक महिनाको अन्तरालमा ३० लाख कम रोजगारी सिर्जना भएको छ । onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *