सप्तरीमा १८ जनामा कोरोना संक्रमित थपिए

२३ साउन, सप्तरी

सप्तरीमा १८ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार दुई जना महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राजविराज वडा नम्बर ४ का ३३ बर्षीय पुरुष राजविराज ६ की ५५ बर्षीया महिला तथा वडा नम्बर खुल्न नसकेको दुई जना ४० र ३१ र ३८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

छिन्नमस्ता गाउँपालिका ४ की २५ बर्षीया महिला तथा वडा नम्बर ५ का दुई जना उमेर नखुलेका पुरुष, रुपनी गाउँपालिका ६ का २४ बर्षीय पुरुष, महादेवा गापा २ का दुई जना ३७ बर्षका तथा ३६ र ३४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबारै तिलाठी कोइलाडी गाउँपालिका २ को उमेर नखुलेका ३ जना पुरुष संक्रमित देखिएका छन् । यही गाउँपालिका वडा नम्बर ७ का उमेर नखुलेका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सय ५८ पुगेको छ । जिल्लामा कोरोना संक्रमणका कारण दुई जनाको ज्यान गइसकेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *