सम्पादक तथा निर्देशक राजकुमार मगरले निर्देशन गरेको रायमाझी परिवारको ‘नक्कले भिनाजु ४’ ‘‘भिनाजुको छड्के ताल’’युटुबको ट्रेन्डिङ 1 मा

१५ साउन ,काठमाण्डौ 
यति बेला रायमाझी परिवारको तिज कोसेली नक्कले भिनाजु ४‘भिनाजुको छड्के ताल’ को चौतर्फी चर्चा संगै युटुबको शिर्ष स्थान मा पर्न सफल भएको छ। सार्वजनिक भएको २४ घण्टा नपुग्दै युटुब ट्रेडिङ भित्र आएको थियो र अहिले शिर्ष स्थान मा छ। बिशाल रायमाझीको शब्द सृजना तथा संगीतमा तयार भएको गीतमा बिशाल रायमाझी,हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वर रहेको छ । कमल सौरागले संगीत संयोजन गरेको गीत कुमार राना मगरले गित फिनिसिङ गरेका छन् भने निर्देशन तथा म्युजिक भिडियो सम्पादन राजकुमार मगरले गरेका हुन् ।

सागर गौतमले छायाकन गरेको म्युजिक भिडियोमा रायमाझी परिवारकि लोकप्रिय नायिका तथा मोडल एलिना रायमाझी,अभिषेक श्रेष्ठ, हरिमाया रायमाझी,गौरव श्रेष्ठ,शंकर पुरी,बिनय गुरुङ,रामहरी पोखरेल,सृजन खनाल र साबि थापाको दमदार अभिनय रहेको छ ।

समाजमा भिना सालीको ठट्यौलीपनमा आधारित लोकगीत नक्कले भिनाजु ४‘भिनाजुको छड्के ताल’ अहिले चर्चामा छ ।
सामाजिक विषयवस्तु, मौलिक रचना र प्रस्तुतीकरणका कारण उक्त गीतलाई सर्वाधिक रुचाइएको छ। नेपालमा मात्र नभएर विदेशमा पनि गीतले उत्तिकै दर्शक, स्रोता कमाएको छ। ‘गीतमा भिना सालीलाई पात्र बनाएर हाम्रै समाजको विषयवस्तु चित्रण गरिएको छ ।

उक्त गित Bishal Rayamajhi Official युट्युब मार्फत सार्वजनिक भएको हो । विषयवस्तुको छनोट र प्रस्तुतीकरणमा ध्यान दिन सक्ने हो भने सफल हुनसकिन्छ भने कुरा प्रष्ट पारेका छन् ।
सार्वजनिक भएको ६ दिन भित्र गीत नेपालमा ११ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *