स्याङ्जामा १६ प्रहरी सहिद , २८ महिने शिशुमा २५ संक्रमित थपिए

14 साउन ,स्याङ्जा

स्याङ्जामा फेरि २५ जना कोरोना संक्रमित थपिएका छन् ।  २८ महिने बालकसहित १६ जना प्रहरी कर्मचारी छन्। गण्डकी स्वास्थ्य प्रादेशिक कार्यालयले पुतलीबजार, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा गरी २५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो।

पुतलीबजारका ४२, ३१, ३३, ३२, ३३, २८, ३२, ३४, २५, २५, २२, २४, २७, ३३, ३२, २८, २५ वर्षीय पुरुष र २८ महिने एक बालकसहित ५७ र २३ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

यसैगरी, अर्जुनचौपारीका २७, २५, ३३ र ३५ र वालिङका २७ वर्षीय पुरुष गरी २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।

प्रहरी कर्मचारीका बच्चा सहित १६ जना, थुनुवा १ र पुतलीबजारको क्वारेन्टाइनमा बसेका २ जना रहेका छन् । अर्जुनचौपारीका चार जना मध्ये एक जना एम्बुलेन्स चालक हुन भने अन्य भारबाट आइ क्वारेन्टाइनमा बसेका हुन ।  बालिङका एक जना पनि भारतवाट आइ क्वारेन्टाइनमा बसेका व्यक्ति हुन।

अघिल्लो साताअघि ३ जना प्रहरीमा देखिएको कोरोना सोमबार १८ जना र मंगलबार १६ जनागरी प्रहरी संक्रमितको संख्या ३७ पुगेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

थपिएका संक्रमितलाई भीरकोटस्थित कालिका सामुदायिक अस्पतालमा र अन्यलाई करेण्डाडा स्वास्थ्य चौकी र वालिङमा राखिएको छ।  योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । ती मध्ये १८८ जना कोरोना जितेर घर फर्केका छन् भने उपचारकै क्रममा २ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

annapurnapost.com

Recommended For You

Leave a Reply

Your email address will not be published.