
४ साउन , काठमान्डौ
महिला दिदीबहिनीहरुको महान चार्ड तिजको अबसर परेर अमृता लामिछानेको तिज कोसेली ‘बेसारे माया’ सार्बजनिक भएको छ । शब्द संगीत सरोज बिरही कार्कीको रहेको गीतमा गायिका टिका सानु गायक मानसिङ्ग खड्का र गायिका अमृता लामिछानेको स्वर रहेको छ ।
यस गीतलाई तिलक ओलीले एरेन्ज गरेका हुन् । यस गीतलाई सगर गौतमले छायांकन गरेका हुन् र सम्पादन राजकुमार मगरले गरेका हुन्।
भिडियोमा दिपाशा बि सी ,ऋतु तामाङ्ग ,चित्रा मगर ,अश्मिता पुरी , सम्प्रिया खडका र उषा सुबेदी कलाकारको अभिनय देख्न सकिन्छ । गीतलाई मानसिङ्ग खड्काले निर्देशन गरेका हुन्। गित अमृता लामिछाने युटुब च्यानल बाट सार्बजनिक भएको छ।
भिडियो हेर्नुस :-