ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ

१ साउन, काठमाडौं ।

ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-८ का दीपक मोक्तान भन्ने ३३ वर्षीय दीपक लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार दिउँसो कोटेश्वर चोकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा दीपक मोक्तान नामको फेसबुक आईडीबाट उनले आफू ब्रिटिश लाहुरे हुँ भनी महिलाहरुलाई आश्वासन दिँदै साथी बनाई रकम तथा सुनका गहना लिई सम्पर्कबिहीन भएको पाइएको प्रहरीले जनाएको छ ।

धरान निवासी एक महिलाको सुनको सिक्री सुनको औंठी तथा नगद ५ लाख रुपैयाँ लिई २ महिना अगाडि फरार भएका उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको उक्त परिसरले जनाएको छ ।

www.onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.