टिका सानु र मानसिङ्ग खड्काको ‘बुहारी ३’ सार्बजनिक ,दिपाशा बि सिको रुवाउने अभिनय (भिडियो)

३१ असार,काठमाण्डौ

गत बर्ष झैँ २०७७ सालको टिका सानु र मानसिङ्ग खड्काको तिज कोसेली ‘ बुहारी ३ ‘ सार्बजनिक भएको छ। शब्द टिका सानु , संगीत मानसिङ्ग खडकाको रहेको छ भने एरेन्ज तिलक ओलीको रहेको छ ।

दिन फेरिदै गयो तर हाम्रो समाजहरु फ़ेरिएन । हाम्रो समाज कुरीति कु- संस्कार मै अड्किरहेको छ। छोरि चेली अझै पिडित नै छ। हाम्रो समाज लाई बंस धान्न छोरा नै चाहिनु नपर्ने। के छोरी बंस धान्न सक्दैनन् ? के छोरी लाई त्यो अधिकार छैन ? यो प्रश्न हामी सबैलाई ? यसै सन्धर्ब मा हाम्रो समाजमा घटिरहेको सत्य घटना मा आधारित छ।

छोरो भएन भनेर एक घर भित्र भएको हिम्सा यस गीतमा समाबेश गरिएको छ।

गत बर्ष पनि बुहारी २ बाट अपार सफलता पाइसकेको छ। दृश्यमा रमा थपलिया ,दिपाशा बि सी , टिका सानु ,मानसिङ्ग खड्का , धनमाया नेपाली , लक्ष्मी गिरि लगायत कलाकारको अभिनय रहेको छ। सागर गौतमको छायांकन सम्पादन राजकुमार मगरको रहेको छ भने मानसिङ्ग खडकाको निर्देशन मा तयार भएको हो।

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *