स्याङ्जामा पहिरोले पुरिएर एक जनाको मृत्यु

३० असार, काठमाडौं ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ, ३ जना बेपत्ता भएका छन् ।

विहान साढे ९ बजे बाटोमा हिँडिरहेका बेला पहिरो खस्दा स्थानीय ७० वर्षका इमानसिंह रानाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा पुरिएका २ जनाको उद्धार गरी उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको छ । हराएकाहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.