१६,००० घूस लिइरहेको अवस्थामा सप्तरी मालपोत कार्यालयबाट एक जना कर्मचारी पक्राउ

३० असार, सप्तरी ।

सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा सप्तरी मालपोत कार्यालयबाट एक जना कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सदरमुकाम राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा कृष्णबल्लभ ठाकुरलाई घुससहित पक्राउ गरेको हो ।जग्गासम्बन्धी काम सजिलै गराइदिने भन्दै सेवाग्राहीसँग १३ हजार घुस लिँदै गर्दा उनलाई कार्यकक्षबाटै पक्राउ अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारको भनाइ छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.