चलचित्र “गन्तव्य यो जिन्दगीको” को शुभमुर्हत संगै छाँयाकन सुरु

काठमाण्डौ

चलचित्र “गन्तव्य यो जिन्दगीको” को रोल्पाको रुन्टिगढि मन्दिरमा शुभमुर्हत सहित छाँयाकन सुरु भएको छ । थ्रीलेन ईन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको “गन्तव्य यो जिन्दगीको” रोल्पामा गित छाँयाकन सुरु गरिएको केही तस्बीर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्र छाँयाकन सुरु भएको जानकारी दिएको हो ।
चलचित्र “गन्तव्य यो जिन्दगीको” को सामाजिक कथावस्तु समेटेर बन्न लागेको निर्देशक सन्देश शाहले जानकारी दिएका छन् । चलचित्रलाई दाङ,रोल्पा र काठमाडौंमा छाँयाकन गरिने छ ।

चलचित्रमा सन्देश शाह कथा र निर्देशन रहेको छ । चलचित्रको लेखक भने गिरीराज घिमिरेको रहेको छ । यस्तै चलचित्रमा सुदन थापाको छाँयाकन रहेको छ ।
चलचित्रमा सन्देश शाह,सुस्मिता श्रेष्ठ,लोकराज पराजुली,तेज जंग थापा,सुदन थापा र प्रकाश थापाको अभिनय रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.