‘सेल्फी किङ्ग’ गीत ‘जिन्दगीको के छ र भर’

काठमाडौँ

फिल्म ‘सेल्फी किङ्ग’को नयाँ गीत सार्वजनिक भएको छ। ‘जिन्दगीको के छ र भर’ बोलको गीत पीडाले भरिएको छ। लिरिकल गीतको भिडियोमा अचल दृश्यहरु देख्न सकिन्छ। सुरज गैरेले लेखेको गीतमा सुबाश भुषालले संगीत भरेका छन्। केतन छेत्रीको श्वर गीतमा सुन्न सकिन्छ। ड्रामेडी जनारामा निर्माण भएको फिल्म आउदो माघ २४ बाट प्रदर्शन हुनेछ। उदाउदै गरेको मनोरन्जन उधोगमा एउटा सेलिब्रेटीले आफ्नो चर्चा र व्यक्तिगत जीवन कसरि व्यवस्थापन गर्छ नै यसको मुख्य कथा हो।

सुवास थापा र दिनेश राउतले निर्माण गरेको फिल्ममा विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा सबिन बास्तोला, राजेश बिशुराल, इन्द्र दोङ्ग लामा, कमल देवकोटा, प्रेम प्रसाद खतिवडा, राम सरन दुलाल, बरिष सोना लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन्। विशालको यो डेब्यु फिल्म हो। प्रबल कोइराला र राजेश बिशुराल शह-निर्माता रहेको फिल्मलाई सुशान प्रजापतिले खिचेका हुन्।

सुवास थापा प्रोडक्सन र पिक्चर फ्रेमको संयुक्त व्यानरमा निर्माण भईरहेको फिल्ममा जीवन थापाको सम्पादन, सुबाश भुसालको संगीत, बि पाण्डेको शब्द, निर्मल लामाको नृत्य निर्देशन रहेको छ। फिल्मलाइ श्रीकृष्ण फिल्म्स र काफिया फिल्म्सले वितरण गर्नेछ।

Recommended For You

Leave a Reply

Your email address will not be published.