खानेपानीको विषयमा झडप हुँदा डडेल्धुरामा एक बालकको मृत्यु

२७ असार, कैलाली ।

खानेपानीको विषयमा झडप हुँदा डडेल्धुरामा एक बालकको मृत्यु भएको छ ।

कुटपिटबाट जिल्लाको आलिताल गाउँपालिका ६ झरकाडाका ८ वर्षीय बालक हिमांशु महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले भने, ‘खानेपानीको विषयमा विवाद भएको र कुटपिटमा बालकको ज्यान गएको प्रारम्भिक खुलेको छ । तर अहिलेसम्म जाहेरी आएको छैन ।’

कुटपिटमा घाइते भएका बालकको उपचारका क्रममा धनगढीमा मृत्यु भएको उनले बताए ।

घटनामा संलग्न चार जनालाई पक्राउ गरी अनुसन्धान थालिएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले पनि बालकको मृत्यु कुटपिटबाट भएको हुन सक्ने बताए।

www.onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.