
काठमाडौँ
माघ २४ बाट प्रदर्शनमा आउने फिल्म सेल्फी किङ्गको ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा स्टारडमलाई मुतको न्यानो भनिएको छ। विपिनले बोलेको एउटा डाइलग छ ‘यो मुला स्टारडम, सेलिब्रेटी, पपुलारिटी भन्ने कुरा छ नी मूतको न्यानो जस्तो मात्र हो। एकछिन तातो हुन्छ। मज्जा आउँछ। एकछिन पछि जब चिसो हुन्छ नी अनि गनाउन थाल्छ, घिन लाग्न थाल्छ।’ यो डाइलगले स्टारडम, पपुलारीटि, सेलिब्रेटी भन्ने चिज क्षणिक हुन् भन्ने बुझाउछ। ट्रेलर निकै आकर्षक बनेको छ। ट्रेलरलाई दर्शकले निकै मन पराएका छन्। ट्रेलरमा सतप्रतिशत सकारात्मक कमेन्ट गरेका छन्। अधिकांशले ट्रेलर हेरेर फिल्म हेर्न उत्सुक भएको कमेन्टमा लेखेका छन्। फिल्म उत्कृष्ट बनेको अनुमान गरेका छन्। त्रेलाराले फिल्मलाई झन् प्रतिक्षित बनाएको छ। कमेन्टमा विपिन कार्कीको अभिनयलाई पनि खुबै तारिफ गरेका छन्।
ड्रामेडी जनारामा निर्माण भएको फिल्म आउदो माघ २४ बाट प्रदर्शन हुनेछ। उदाउदै गरेको मनोरन्जन उधोगमा एउटा सेलिब्रेटीले आफ्नो चर्चा र व्यक्तिगत जीवन कसरि व्यवस्थापन गर्छ नै यसको मुख्य कथा हो।सुवास थापा र दिनेश राउतले निर्माण गरेको फिल्ममा विपिन संगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा सबिन बास्तोला, राजेश बिशुराल, इन्द्र दोङ्ग लामा, कमल देवकोटा, प्रेम प्रसाद खतिवडा, राम सरन दुलाल, बरिष सोना लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन्। विशालको यो डेब्यु फिल्म हो। प्रबल कोइराला र राजेश बिशुराल शह-निर्माता रहेको फिल्मलाई सुशान प्रजापतिले खिचेका हुन्।
सुवास थापा प्रोडक्सन र पिक्चर फ्रेमको संयुक्त व्यानरमा निर्माण भईरहेको फिल्ममा जीवन थापाको सम्पादन, सुबाश भुसालको संगीत, बि पाण्डेको शब्द, निर्मल लामाको नृत्य निर्देशन रहेको छ। फिल्मलाइ श्रीकृष्ण फिल्म्स र काफिया फिल्म्सले वितरण गर्नेछ।