तराई, भित्री मधेश र तल्लो पहाडी भूभाग सलहको उच्च जोखिममा

१७ असार, काठमाडौं ।

नेपालको सम्पूर्ण तराई, भित्री मधेश र तल्लो पहाडी भूभाग सलहको उच्च जोखिममा रहेको भन्दै सरकारले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
भारतको भागलपुर तथा मोतीहारीमा सलहको झुण्ड रहेको र एउटा ठूलो झुण्ड कुशिनगरबाट चम्पाचरण जिल्लातर्फ उडेको भन्दै कृषि मन्त्रालय अन्तरगतको कार्यदलले ती क्षेत्रहरुमा सलह प्रवेश गर्न सक्ने औंल्याएको हो ।

केही दिनदेखि मनसुनको अरेबियन सागरबाट बहने पश्चिमी/दक्षिण-पश्चिमी वायुको प्रभाव रहेकोमा हाल पूर्वबाट दक्षिणतर्फ वायुको प्रभाव रहँदा हावाको वेगसंगै सलह भित्रिन सक्ने जोखिम रहेको प्लान्टक्वारिन्टिन तथा विषादी व्यवस्थापन केन्द्र माताहतको सलह सूचना केन्द्रले जनाएको छ ।

www.onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.