दाङको वडाध्यक्ष माथि कुटपिट

१६ असार, काठमाडौं ।

दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको छ ।

वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा मंगलबार करिब साढे ११ बजेको समयमा वडाध्यक्ष डाँगीमाथि अज्ञात समूहले आक्रमण गरेको दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार चार/पाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको छ । वडाध्यक्ष डाँगीमाथि कुटपिट हुनुका साथै उनीहरुले कालोमोसो दल्ने प्रयास समेत गरेको खड्काको भनाइ छ ।

घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा लगिएको उनले बताए ।

वडाध्यक्ष डाँगीमाथि कसले र कुन समूहले किन आक्रमण गरेको हो भन्नेबारे अहिले खुल्न नसकेको र आक्रमण गर्ने समूहको खोजीकार्य भइरहेको उनले बताए ।

www.onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.