रुकुमको दलित ६ जना मारिएको घटनाको विरोधमा संयुक्त राजनीतिक संघर्ष समितिले मंगलबार काठमाडौंमा सिठी जुलुस

९ असार, काठमाडौं ।

पश्चिम रुकुमको सोतीमा दलित युवकसहित ६ जना मारिएको घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले मंगलबार काठमाडौंमा सिठी जुलुस निकालेको छ ।

अन्तरजातीय विहे गर्न जाँदा केटीका आफन्तको कुटपिटबाट मारिएका नवराज विश्वकर्मा र उनका पाँच साथीको हत्यामा संलग्नलाई कडा सजायको माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिठी र्‍याली भएको हो ।संयुक्त राजनीतिक दलित संघर्ष समितिले गत ११ जेठदेखि नै माइतीघरमा नियमितजसो विरोध तथा प्रदर्शनका कार्यक्रम गरिहेको छ । विरोध प्रदर्शनमा सहभागी साझा पार्टीका प्रकाशचन्द्र परियारले भने, ‘आज चारदेखि पाँच सयको हाराहारीमा मानिसहरुको उपस्थितिमा प्रदर्शन गरेका थियौँ । आन्दोलनमा मानिसहरुको सहभागिता दिनप्रतिदिन बढ्दो क्रममा छ ।’

संघर्ष समितिले सोमबार रुकुम घटनाको विरोधमा चरणबद्ध आन्दोलनको घोषण गरेको थियो । बुधबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय घेराउको कार्यक्रम रहेको कांग्रेस निकट नेपाल दलित संघका सचिव दीपक सोनीले जानकारी दिए ।

आन्दोलनकारीले नवराजको पक्षमा निष्पक्ष छानविन र पीडितलाई न्यायको माग गरिहेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published.