कैलालीको क्वारेन्टिनमा महिलालाई बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ ,७ दिन हिरासतमा राख्न अदालतलेआदेश

२ असार , काठमाडौं 

कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये किशोर स्वास्थ्यकर्मी स्वयम्सेवक हुन् । अन्य पनि क्वारेन्टिनमा खटिएका स्वयम्सेवक हुन् ।

घटनाबारे पीडित युवतीले प्रहरीमा किटानी जाहेरी दिएपछि विस्तृतमा अनुसन्धान भइरहेको कैलाली प्रहरीका डीएसपी प्रतिक विष्टले अनलाइनखबरलाई बताए ।

पीडित महिला दुई साताअघि भारतको बैंग्लोरबाट आएकी थिइन् । एक जना प्रतिवादीले जबरजस्तीकरणी गर्दै गरेको भिडियो पनि रेकर्ड गरेको महिलाको भनाइ छ । onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.